काठमाडौँ । लगातार तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक चौथो कारोबार दिन भने दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २४ दशमलव ४५ अंकले घटेर २,९३५ दशमलव ९४ विन्दुमा झरेको हो ।
आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा कुल १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
उपसूचकतर्फ उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेका छन् भने अन्य सबै समूह घटेका छन् । बैंकिङ १.४०, विकास बैंक २.३२, वित्त २.०९, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६, लगानी ०.५३ र जीवन बीमा १.३९ प्रतिशतले घटेको छ ।
यस्तै, लघुवित्त १.६४, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा १.१५ र अन्य समूह १.७० प्रतिशतले ओरालो लागेको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ, जसको शेयर मूल्य ७.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर लिमिटेड अगाडि रह्यो, जसको ५२ करोड ४७ लाख ४७ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो, जहाँ १६ लाख ७६ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ ।