वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका सल्यानका एक युवकको चक्कु प्रहारबाट मृत्यु भएको छ। घटनामा आफ्नै साथी संलग्न रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ दमारखोला निवासी २१ वर्षीय बेदबहादुर बुढा रहेका छन्। आइतबार मलेसियाको स्थानीय समयअनुसार राति करिब ३ बजे भएको घटनामा उनीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको बताइएको छ।
कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काका अनुसार आक्रमण गर्ने व्यक्ति रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका करिब २५ वर्षीय चोपिलाल डाँगी रहेको खुलेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ भने स्थानीय प्रहरीमार्फत अनुसन्धान जारी रहेको बताइएको छ।
