क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
वीरगञ्जस्थित नारायणी रङ्गशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो। जवाफमा मधेस प्रदेशले १६१ रनको लक्ष्य ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा सहजै पूरा गर्यो।
मधेस प्रदेशको जितमा अरनिको यादवले ४६ रनको महत्वपूर्ण योगदान दिए भने मोहम्मद आदिल आलमले ३४ र पवन सर्राफले २१ रन जोडे। बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गर्दै अरनिको यादवले तीन विकेट लिए भने प्रदीप पासवानले दुई विकेट हात पारे।
सुदूरपश्चिमका लागि अभिषेक पालले ४५ बलमा ३३ रन बनाउँदा किरण ठगुन्नाले २३ रनको योगदान दिए।
प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सातवटा प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
