सुनसरी, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आइस्क्रीम पार्लरमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार आगो क्याफेको भान्साबाट सुरु भएको थियो।
आगलागी लगत्तै सुरक्षाकर्मी र स्थानीयले आगो निभाउन खटिएका थिए। आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट दमकल टोली बोलाइएको थियो। बिहानको समयमा क्याफे बन्द रहेको हुँदा
मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
आगलागीको कारण र यसबाट भएको क्षतिको विस्तृत विवरण अहिलेसम्म निश्चित नभएको प्रहरी नायब उपरीक्षक हमालले बताएका छन् ।
