काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार प्रतितोला १४ हजार ६०० रुपैयाँले वृद्धि भई दुई लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी बुधबार एकैदिन सुनको मूल्यमा उल्लेखनीय वृद्धि आएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय बीस रुपैयाँमा कारोबार भइरहेको छ। यसले अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय पन्ध्र रुपैयाँको वृद्धि भएको संकेत गर्दछ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय सत्तरी अमेरिकी डलरमा कारोबार भइरहेको छ।
