Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
  1. Home
  2. ब्रेकिङ न्युज
  3. हराएकी श्रीमतीको शव कल्भर्टमुनि फेला, श्रीमान् प्रहरीको नियन्त्रणमा

हराएकी श्रीमतीको शव कल्भर्टमुनि फेला, श्रीमान् प्रहरीको नियन्त्रणमा

विराटनगर, ११ चैत — विराटनगर महानगरपालिका–१७ मा कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ निवासी कोमलकुमारी साह रहेको प्रहरीले जनाएको छ। मंगलबार साँझ स्थानीयले कल्भर्टमुनि शंकास्पद वस्त...

yuktitimesबुधबार, ११ चैत, २०८२ ००:००
३० असोज २०८३
1 min read
Follow
हराएकी श्रीमतीको शव कल्भर्टमुनि फेला, श्रीमान् प्रहरीको नियन्त्रणमा

विराटनगर, ११ चैत — विराटनगर महानगरपालिका–१७ मा कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ निवासी कोमलकुमारी साह रहेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ स्थानीयले कल्भर्टमुनि शंकास्पद वस्तु देखेपछि वडाध्यक्ष समीर कमर मियाँमार्फत प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले तन्नामा बेरिएको अवस्थामा महिलाको शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले चैत ८ गते श्रीमती हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। तर अनुसन्धानका क्रममा शवको हुलिया र हराएकी महिलाको विवरण मिलेपछि प्रहरीले रोशनलाई नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा रोशनले घरायसी विवादका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको र प्रमाण लुकाउन शवलाई पोको पारेर करिब ५ किलोमिटर टाढा रहेको कल्भर्टमुनि फालेको देखिएको छ।

कोमलकुमारी चैत ६ गतेदेखि घरबाट हराएकी थिइन्।

शव सडेको र दुर्गन्धित अवस्थामा भेटिएकाले सुरुवातमा पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। पछि हराएका व्यक्तिको विवरणसँग मिलाएर पहिचान पुष्टि गरिएको हो। शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, ११ चैत, २०८२ ००:००

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Trending Now

सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।