मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर ९ वर्षीया बालिका लमिना वाइवाको मृत्यु भएको छ। सोमबार घाँस काट्न गएकी लमिनालाई फर्केर नआएपछि खोजतलास गर्दै गर्दा भिरबाट लडेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। प्रहरीले शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गरिरहेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
मकवानपुरमा बालिकाको भिरबाट लडेर मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर ९ वर्षीया बालिका लमिना वाइवाको मृत्यु भएको छ। सोमबार घाँस काट्न गएकी लमिनालाई फर्केर नआएपछि खोजतलास गर्दै गर्दा भिरबाट लडेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी...
1 min read
Share
