पोखरा । पोखरामा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीले ठक्कर दिँदा महानगरपालिका–२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विक गम्भीर घाइते भएका थिए।
घाइते विकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न गाडी चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।
