सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो।
यस दिन ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक खरिद–बिक्री हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो, जसको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि शिवम् सिमेन्ट (६० करोड ६४ लाख), नेशनल हाइड्रोपावर (५७ करोड ४८ लाख), एनआरएन इन्फ्रास्ट्रक्चर (५४ करोड ९८ लाख) र ङादी ग्रुप पावर (५४ करोड ३३ लाख रुपैयाँ) शीर्ष कारोबारमा रहे।
उपसमूहतर्फ १३ मध्ये ७ समूहको सूचक बढ्दा ६ समूहको घटेको छ। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी १५४.४३ अङ्क (१.५३%) को वृद्धि देखिँदा यो १०,२३३.३० विन्दुमा पुगेको छ। जलविद्युत समूह ०.९६%, म्युचुअल फण्ड ०.८८% र लगानी समूह ०.७२% ले उकालो लागेको छ। लघुवित्त र फाइनान्स समूहमा पनि सामान्य सुधार देखिएको छ।
यता, होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी ६७.६९ अङ्क (०.८६%) को गिरावट आएको छ। ट्रेडिङ समूह ०.६३% ले घट्दा विकास बैंक समूह ०.५०% र जीवन बीमा समूह ०.४७% ले ओरालो लागेको छ। बैंकिङ समूहको उपसूचक पनि ०.२७% ले घटेको छ भने निर्जीवन बीमा समूहमा ०.०४% को सामान्य गिरावट देखिएको छ।
