काठमाडौँ – बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको रायाल नजिक रहेको थियो।
यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४.० रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना र ठूला भूकम्पको जोखिम रहँदै आएको छ।
