काठमाडौँ : नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १२ हजार ५ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार ५ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार यो मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार चाँदीको भाउ अघिल्लो दिनको तुलनामा ११५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज सुन प्रतिऔंस ४,३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विशेषज्ञहरूले विश्व बजारमा अमेरिकी डलरको मूल्यमा आएको उतार–चढाव र अन्य अन्तर्राष्ट्रिय परिस्थितिहरूले नेपालमा सुन–चाँदीको मूल्य घटाउने प्रमुख कारण भएको बताएका छन्।
