1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
इरानले अमेरिका–इसराइल लक्षित पहिलो लामो दूरीको मिसाइल प्रहार, युद्धको दायरा बढ्ने संकेत

इरानले अमेरिका–इसराइल लक्षित पहिलो लामो दूरीको मिसाइल प्रहार, युद्धको दायरा बढ्ने संकेत

इरानले अमेरिका र इसराइलसँग जारी युद्धमा पहिलो पटक करिब ४ हजार किलोमिटर दूरीमा मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरस्थित डिएगो गार्सियामा रहेको संयुक्त अमेरिका-बेलायतको सैन्य अड्डालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार ग...

८ चैत २०८२
1 min read
Share
इरानले अमेरिका–इसराइल लक्षित पहिलो लामो दूरीको मिसाइल प्रहार, युद्धको दायरा बढ्ने संकेत

इरानले अमेरिका र इसराइलसँग जारी युद्धमा पहिलो पटक करिब ४ हजार किलोमिटर दूरीमा मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरस्थित डिएगो गार्सियामा रहेको संयुक्त अमेरिका-बेलायतको सैन्य अड्डालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यो सैन्य अड्डा तेहरानबाट करिब ४ हजार किलोमिटर टाढा रहेको उल्लेख छ। तीन साताको युद्धमा इरानले पहिलो पटक यति लामो दूरीमा प्रहार गरेको हो। यसबाट इरानले युरोपेली मुलुकहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता विकास गरेको विश्लेषकहरूले जनाएका छन्।

अघिल्लो युद्धमा इरानले प्रयोग गरेको अधिकांश मिसाइलहरूको मार हान्ने दूरी ३०० किलोमिटरदेखि २ हजार किलोमिटरसम्म सीमित थियो। ती क्षेप्यास्त्र प्रायः मध्यपूर्वभित्रका लक्ष्य, इसराइल र खाडी मुलुकका अमेरिकी सैन्य अड्डासम्म सीमित थिए। तर पछिल्लो प्रहारमा प्रयोग गरिएको मिसाइलले इरानको आक्रमण क्षमता पहिलेभन्दा धेरै टाढासम्म विस्तार भएको देखिएको छ।

इसराइली सेनाका प्रमुख इयाल जमिरले बताए अनुसार, उक्त मिसाइल हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डालाई लक्षित गरिएको थियो। कसरी क्षति पुगेको भन्ने विवरण सार्वजनिक गरिएको छैन, तर पहिलो पटक इरानले यस्तो प्रहार गरेको हुँदा द्वन्द्वको दायरा बढ्न सक्ने चेतावनी उनले दिएका छन्।

शनिबार राति नै इरानले इसराइलको दक्षिणी शहर डिमोना र अरादमा मिसाइल हमला गर्दा दर्जनौं घाइते भएका छन्। डिमोना इसराइलको गोप्य आणविक रियाक्टर नजिक रहेको क्षेत्र हो। रोयटर्सका अनुसार, इरानको आक्रमणमा प्रतिरक्षा प्रणालीको इन्टरसेप्टरले काम नगरेको कारण केही क्षति पुगेको छ।

अमेरिकाले भने इरानमा अब कुनै पनि लक्ष्य बाँकी नरहेको दाबी गर्दै आएको छ। यसै कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरानमाथि आक्रमण घटाउने विषयमा विचार भइरहेको बताएका छन्।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:४२ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.