चैत १२ गतेका लागि तय गरिएको नेपाल र हङकङबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द भएको विषयमा विवाद उत्पन्न भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राखेपले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल अनुमति नदिएको भन्दै खेल रद्द भएको दाबी गरेको थियो।
तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विज्ञप्ति जारी गर्दै यो भनाई पूर्ण रूपमा गलत भएको स्पष्ट पारेको छ। राखेपका अनुसार खेलका लागि अनुमति दिइएको थियो र मैदान, फर्डलाइड, स्कोरबोर्ड तथा अन्य पूर्वाधार प्रयोगका लागि बैंकमा दस्तुर रकम जम्मा गर्न पत्राचार समेत गरिएको थियो।
राखेपले एन्फाको दाबी खण्डन गर्दै खेल रद्द हुनु अन्य कारणले भएको हुन सक्ने बताएको छ।
