काठमाण्डौ – ललितपुरमा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
घटनास्थलमा काम गर्दै भएकी रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको पर्खाल भत्किँदा ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल काठमाण्डौ पठाइएको छ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
