नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको भाउमा गिरावट आएको छ।
शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज थप घटेर प्रतितोला १२ हजार पाँच सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
तुलनात्मक रूपमा, शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा बिक्री भइरहेको छ। यसरी आइतबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विश्लेषकहरूले सुन र चाँदीको मूल्य घट्नुमा विश्वव्यापी बजारमा अस्थिरता र विदेशी मुद्राको मूल्य उतार–चढावलाई प्रमुख कारणको रूपमा उल्लेख गरेका छन्।
