कपिलवस्तुको महाराजगञ्ज–बर्गदवा क्षेत्रमा साम्प्रदायिक तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार मन्दिरमा भजन गाउँदा भएको तोडफोडको घटनालाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएपछि सम्भावित झडप रोक्न यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म भेला, सभा, जुलुसलगायत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न स्थानीयवासीलाई संयमित रहन र नियमको पालना गर्न आग्रह गरेको छ।
