प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको भए पनि वर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएको छ।
पहिलो दिन कोशी प्रदेश र मधेशबीच हुने खेल वर्षाका कारण टस समेत हुन सकेको छैन। यस्तै वीरगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल सुरु भए पनि बीचमा रोकिएको छ। टस जितेको लुम्बिनीले फिल्डिङ रोज्दा पहिले ब्याटिङमा उत्रेको कर्णालीले ७ ओभरमा विना विकेट २० रन बनाउँदा खेल रोकिएको हो।
प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागीय टोली गरी कुल दश टोलीको सहभागिता रहनेछ। खेलहरू जनकपुर, वीरगञ्ज र मुलपानीका मैदानमा राउन्ड रोबिन प्रणालीअनुसार सञ्चालन हुनेछन्।
