नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको परिणामले मात्र नेतृत्वको मूल्याङ्कन गर्नु ठीक नहुने बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यसमितिको बैठक अघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरेका छन्।
केसीले भने, “पार्टी र मुलुक परिवर्तन गर्ने प्रतिवद्धता लिएर मैदानमा आएका क्याप्टेनले जिम्मेवारी छोडेर जानु हुँदैन। निर्वाचनको परिणामले असफलता देखाए पनि पार्टी कार्यकर्ताले नआत्तिनु पर्छ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए।
पार्टीभित्रका विगतका विकृति र विसंगतिहरू ५० दिनको छोटो अवधिमा समाधान नहुने भन्दै केसीले पार्टीलाई थापाको नेतृत्व आवश्यक रहेको पनि जोड दिए।
