काठमाडौँ । अमेरिका–इजरायल–इरान युद्धमा परेका नेपाली नागरिकमध्ये अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।
मृत्यु हुने व्यक्ति युएईमा कार्यरत नेपाली नागरिक हुन्। मन्त्रालयका अनुसार घाइतेमध्ये १९ जनाको उपचार सकिएको छ र उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी एक जनाको उपचार अझै जारी रहेको मन्त्रालयले जानकारी दिएको छ।
