झापा । दमकमा मोबाइल चोरीमा संलग्न एक युवकलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। दमक नगरपालिका–५ का २१ वर्षीय पुजन श्रेष्ठलाई सोही ठाउँकी मनिषा लिम्बूको मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, समावेशी टोलमा मनिषा लिम्बूको निर्माणाधीन पक्की घरको कोठाबाट ‘सामसङ’ कम्पनीको मोबाइल चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थलतर्फ खटिएको थियो। शंकास्पद रूपमा हिँडिरहेका श्रेष्ठलाई चेकजाँच गर्दा चोरी भएको मोबाइलसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।
