झापा । झापाको कमल गाउँपालिका–५ स्थित सितापुरीचोकमा पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका चालकको अचानक मृत्यु भएको छ। बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक पथरी नगरपालिका–९ निवासी ४५ वर्षीय योगेश धिमाल गाडी चलाउँदै गर्दा असहज महसुस गरी बेहोस भएका थिए।
अवस्था बिग्रन थालेपछि उनले सजगता अपनाउँदै सवारी साधनलाई सडक किनारामा सुरक्षित रूपमा रोकेका थिए। गाडीमा रहेका यात्रुहरूले पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा साँझ करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
