सुनसरी । रामधुनी नगरपालिका–५ स्थित लगुना मोडमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेका छन्। दुर्घटनामा इटहरी–१८ का ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् र उनको विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। गाडी र चालक फरार रहेका कारण प्रहरीले खोजी प्रक्रिया अघि बढाएको छ।
