काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३,०२,३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३,०७,७०० रुपैयाँमा कारोबार भएको थियो। यसरी दुई दिनमा सुनको मूल्य प्रतितोला ७,६०० रुपैयाँ घटेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ५,१५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार यो ५,०१० रुपैयाँमा झरेको छ। यसरी चाँदीको मूल्य प्रतितोला १४० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,८५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
