1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
अमेरिकाले इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी रक्षा बजेट माग

अमेरिकाले इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी रक्षा बजेट माग

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। इरानसँगको द्वन्द्व सुरु भएको तेस्रो हप्तामा पेन्टागनले ह्वाइट हाउसलाई प्रस्ताव पठाउँदै ठूलो बजेट आवश्यक भएको जनाएको अमेरिकी पत्रि...

५ चैत २०८२
1 min read
Share
अमेरिकाले इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी रक्षा बजेट माग

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ।

इरानसँगको द्वन्द्व सुरु भएको तेस्रो हप्तामा पेन्टागनले ह्वाइट हाउसलाई प्रस्ताव पठाउँदै ठूलो बजेट आवश्यक भएको जनाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ। पेन्टागनका अनुसार माग गरिएको रकम हालसम्म युद्धमा भएको खर्चभन्दा धेरै ठूलो छ।

पेन्टागनले अमेरिकी सेना र इसरायलले गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा प्रयोग गरेका हतियार तथा सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि यो बजेट आवश्यक रहेको जनाएको छ। तर ह्वाइट हाउसले कांग्रेसमा प्रस्ताव पठाउँदा पेन्टागनको मागअनुसार स्वीकृत हुने कि नहुने स्पष्ट छैन।

अमेरिकी अधिकारीहरूले पेन्टागनको मागअनुसारकै रकम कांग्रेसबाट स्वीकृत हुने सम्भावना न्यून रहेको बताएका छन्। अमेरिकी संसदमा यो प्रस्ताव पारित गर्न डेमोक्र्याट नेताहरू युद्धको आलोचना गर्दै गर्दा, रिपब्लिकनहरूले समर्थन जनाए पनि स्पष्ट रणनीति सार्वजनिक गरेका छैनन्। सिनेटमा ६० मत आवश्यक पर्ने भएकाले प्रस्ताव पास गर्न चुनौतीपूर्ण रहेको छ।

विशेषज्ञहरूका अनुसार प्रस्तावित बजेटले अमेरिकी जनताको युद्धप्रति समर्थन कत्तिको छ भन्ने परीक्षण गर्नेछ। पेन्टागनले यो प्रक्रिया उपरक्षा सचिव स्टेभेन फिनबर्गको नेतृत्वमा अघि बढाइरहेको छ। फिनबर्ग लामो समयदेखि अमेरिकी रक्षा उद्योग र हतियार उत्पादन बढाउने विषयमा काम गर्दै आएका छन्। युद्धका कारण विशेष गरी सटीक हतियारको भण्डार तीव्र रूपमा घटेको पेन्टागनले जनाएको छ।

युद्धमा ठूलो खर्च भए पनि यकिन विवरण सार्वजनिक भएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिँदा विदेशमा सैन्य संलग्नता घटाएर बजेट बचाउने योजना घोषणा गरेका थिए। तर इरान युद्धले पेन्टागनको बजेट आवश्यकता अपेक्षाभन्दा बढाएको देखिन्छ।

यसअघि रूस–युक्रेन युद्धमा अमेरिकी कांग्रेसले झन्डै १८८ अर्ब डलर स्वीकृत गरिसकेको थियो। यसैले इरान युद्धसँग जोडिएको प्रस्तावित बजेटले अमेरिकी संसदमा नयाँ बहस र राजनीतिक विवाद सिर्जना गर्ने सम्भावना छ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १३:५७ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.