दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ स्वीकृत गर्दै आयोजना बैंक सञ्चालनको प्रक्रिया शुरू गरेको हो। स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउन योजना गरिएको छ। बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरूको पदस्थापन र प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको जनाइएको छ।
लुम्बिनी प्रदेश सरकारले आयोजना बैंक सञ्चालनको तयारी सुरु गर्यो
दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ स्वीकृत गर्दै आयोजना बैंक सञ्चालनको प्रक्रिया शुरू गरेको...
1 min read
Share
