विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा आज दिउँसो अचानक आगलागी हुँदा १५ भन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका छन्। स्थानीयहरूका अनुसार बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका थिए, जसका कारण आगो तीव्र गतिमा फैलिएको थियो। प्रहरीका अनुसार आगलागी करिब दिउँसो २ बजेतिर सुरु भएको थियो र इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्की नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवाल नेतृत्वमा टोली खटाइएको थियो। त्यस्तै, विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रिय प्रयासपछि करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो। यद्यपि आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर नष्ट भइसकेका छन्। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन र प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
मोरङको बूढीगंगामा आगलागी: मुसहर बस्तीका १५ भन्दा बढी घर जलेर नष्ट
विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा आज दिउँसो अचानक आगलागी हुँदा १५ भन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका छन्। स्थानीयहरूका अनुसार बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका थिए, जसका कारण आगो तीव्र गतिम...
1 min read
Share
