नैरोबी। केन्यामा चिनियाँ नागरिक झाङ केकुन र उनका केन्याली सहयोगी चार्ल्स म्वाङ्गीविरुद्ध वन्यजन्तु तस्करीको मुद्दा दायर गरिएको छ। उनीहरूलाई दुई हजारभन्दा बढी जीवित ‘क्विन गार्डेन’ जातिका कमिला विदेश लैजान खोजेको आरोपमा पक्राउ गरिएको हो। झाङलाई गत हप्ता नैरोबीको अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको थियो, जहाँ उनको झोलाबाट टेस्टट्युब र टिस्युमा राखिएका २ हजारभन्दा बढी कमिला बरामद गरिएको थियो। अदालतमा झाङले म्वाङ्गीबाट प्रत्येक सय कमिलाका लागि १० हजार केन्याली शिलिङ तिरेको बयान दिएका छन्। केन्याली अधिकारीहरूले युरोप र एसियामा यस्ता कमिलाको बढ्दो मागप्रति चिन्ता व्यक्त गरेका छन्, जहाँ केहीले यसलाई पाल्तु जनावरका रूपमा राख्ने गरेका छन्। झाङ ती कमिला लिएर चीनतर्फ जाँदै थिए भने उनको वास्तविक उद्देश्य अझै खुल्न सकेको छैन। गम्भीर अपराधको आरोपमा पक्राउ परेका दुवैले आफू निर्दोष रहेको दाबी गरेका छन् र उनीहरूलाई आगामी २७ मार्चमा पुनः अदालतमा उपस्थित गराइनेछ। अनुसन्धानका क्रममा देशका अन्य सहरमा पनि कमिला सङ्कलन भइरहेको खुलेको छ र थप गिरफ्तारी हुन सक्ने जनाइएको छ। साथै, गत वर्ष पनि यस्तै घटनामा संलग्न चार जनालाई जेल सजाय वा जरिवाना गरिएको थियो।
“कमिला तस्करी प्रकरण: चिनियाँ नागरिकसहित दुईविरुद्ध मुद्दा
नैरोबी। केन्यामा चिनियाँ नागरिक झाङ केकुन र उनका केन्याली सहयोगी चार्ल्स म्वाङ्गीविरुद्ध वन्यजन्तु तस्करीको मुद्दा दायर गरिएको छ। उनीहरूलाई दुई हजारभन्दा बढी जीवित ‘क्विन गार्डेन’ जातिका कमिला विदेश लैजान खोजेको आरोपमा पक्राउ गरिएको हो। ...
1 min read
Share
