उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा आज बिहान करिब १०:४५ बजे भएको दुर्घटनामा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक खोटाङ बराहपोखरी गाउँपालिका–५ निवासी करिब ३० वर्षीय भुपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई अस्थायी प्रहरी पोस्ट नेपालटारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा आज बिहान करिब १०:४५ बजे भएको दुर्घटनामा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ...
1 min read
Share
