काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रमपछि दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाइनेछ र साँझ साढे ५ बजे पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी सार्वजनिक गरिनेछ। समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् जसमा राष्ट्रिय स्वतन्त्र पार्टी ५७, नेपाली कांग्रेस २०, नेकपा एमाले १६, नेपाली कम्युनिस्ट पार्टी ९, र श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ४/४ सांसद पाउने गरी निर्वाचन आयोगले नतिजा तय गरिसकेको छ। गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र बिहीबार वितरण गर्ने
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रमपछि दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलल...
1 min read
Share
