शहीद स्मारक एन्फा महिला लिगमा सङ्कटा क्लबले उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) लाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ। सङ्कटाका लागि सुक्रिया मिया, म्यानमारकी विन थेङ्गी टुन, मोजाम्बिककी लुसिया लिला जोस र घानाकी क्वीनबेल अकोसुआ अमनक्राहले गोल गरेका थिए। आज दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै त्रिभुवन आर्मी एफसी र झापा एफसीबीच अर्को खेल हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा ९ टोली सहभागी छन् र सिङ्गल राउन्ड रोबिन प्रणाली अनुसार यो प्रतियोगिता वैशाख १२ सम्म चल्नेछ।
सङ्कटा क्लबले एनआरटीलाई पराजित गर्दै महिला लिगमा विजयी शुरुआत
शहीद स्मारक एन्फा महिला लिगमा सङ्कटा क्लबले उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) लाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ। सङ्कटाका लागि सुक्रिया मिया, म्यानमारकी विन थेङ्गी टुन, मोजाम्बिककी लुसिया लिला जोस र घानाकी क्वीनबेल अकोसुआ अमनक...
1 min read
Share
