खोटाङ। खोटाङमा दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेको पुष्टि भएको छ। बुधबार दिउँसो काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टी हेलिकोप्टर (९एन–एएफक्यू) अवतरणको क्रममा बेलबासेमा दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा ५ जना यात्रु सवार थिए। उनका अनुसार एक जना यात्रु गम्भीर घाइते भएका छन् र उपचारका लागि काठमाडौंको हेम्स हस्पिटलमा पठाइएको छ।
हेलिकोप्टरमा सवार सबै पाँचै जना यात्रु नेपाली रहेको जानकारी पनि दिइएको छ।