कैलाली। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुर्गा बहादुर चौधरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। चौधरी कैलालीको गोदावरी नगरपालिका–१० दमौरा बस्ने ३३ वर्षका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षा ३३ वर्षीय चौधरीलाई सगुनी रानाको जाहेरीका आधारमा पक्राउ गरिएको हो। उनी आफ्नो घरमा लुकी–छिपी बसिरहेको अवस्थामा पक्राउ परेका थिए।
पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको छ।
