कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरी बहिनीलाई घाइते बनाएका छन्।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमा घटनास्थलमै मृत्यु भएकी हुन्। बहिनी भगवती माझी घाइते भएकी छन् र उनका उपचार महाकाली प्रादेशिक अस्पतालमा भइरहेको छ।
प्रहरीले फरार अभियुक्तको खोजी कार्य तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार घटना जग्गासम्बन्धी विवादका कारण भएको हुन सक्ने प्रहरी स्रोतले बताएका छन्।
