काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट आएको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँको गिरावट देखाउँछ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
