धनगढी — कैलालीमा एक युवक सामुदायिक वनभित्र मृत अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
