विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड) सँग नाम र लोगो जुधाएको आरोप लगाउँदै नेपाली उद्योगहरूविरुद्ध दिएका उजुरीहरूमाथि उद्योग विभागले सक्रियता बढाएको छ। विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो। विभागका अनुसार यसअघि नै सम्बन्धित उद्योगहरूको आधिकारिक ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाइएको थियो, तर हालसम्म कुनै पनि उद्योगबाट औपचारिक जवाफ प्राप्त नभएको र म्याद तामेली प्रतिवेदनसमेत नआएकाले बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको हो। सूचनामा स्पष्ट रूपमा “प्रकाशित मितिले बाटोको म्याद बाहेक सात दिनभित्र विभागको कानुन शाखामा आवश्यक कागजात तथा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी उपस्थित हुन” निर्देशन दिइएको छ। विभागले तोकिएको समयसीमाभित्र जवाफ नदिएमा प्रचलित औद्योगिक तथा बौद्धिक सम्पत्ति सम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ, जसअन्तर्गत उद्योग दर्ता खारेजी, जरिवाना वा अन्य कानुनी कारबाही हुन सक्ने सम्भावना रहन्छ। पछिल्लो समय अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग मिल्दोजुल्दो नाम, लोगो तथा डिजाइन प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा यसले नेपालमा बौद्धिक सम्पत्ति अधिकारको कार्यान्वयनमा चुनौती थपिएको देखिन्छ। यस कदमलाई विभागले ट्रेडमार्क संरक्षण, उपभोक्ता भ्रम रोक्ने तथा अन्तर्राष्ट्रिय व्यापारिक विश्वसनीयता कायम गर्ने प्रयासका रूपमा लिएको जनाएको छ। साथै, सम्बन्धित उद्योगहरूलाई समयमै जवाफ दिई कानुनी प्रक्रिया सहयोग गर्न पनि विभागले आग्रह गरेको छ।
नेपाली उद्योगविरुद्ध ट्रेडमार्क विवादमा उद्योग विभागको सक्रियता
विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड) सँग नाम र लोगो जुधाएको आरोप लगाउँदै नेपाली उद्योगहरूविरुद्ध दिएका उजुरीहरूमाथि उद्योग विभाग ले सक्रियता बढाएको छ। विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ व...
yuktitimes
1 min read