काठमाडौं — भदौ २३/२४ को आन्दोलनको क्रममा सरकारी कार्यालयभित्र क्षति पुगेका निजी साधन तथा सामग्रीको लागि सरकारले राहत दिने निर्णय गरेको छ।
राष्ट्रिय योजना आयोगले यसका लागि विशेष कार्ययोजना तयार गरेको हो।
यस योजनाअनुसार, सरकारी कार्यालयमा सेवा लिँदा वा कर्तव्य पालनाको क्रममा क्षति पुगेका निजी सामग्रीमा राहत उपलब्ध गराइनेछ। राहत पाउने सामग्रीमा सवारीसाधन, मोबाइल, ल्यापटप, लत्ताकपडा आदि समावेश छन्।
राहत वितरण प्रहरी मुचुल्काको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत गरिनेछ। योजना आयोगले कुल लागतको २५ प्रतिशतसम्म राहत उपलब्ध गराउने सिफारिस गरेको छ।
