काठमाडौं — गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्याउन सक्ने घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयको पत्रअनुसार, मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक The Governance of China जलाइएको घटनामा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
उक्त घटनाको छानबिन र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
त्यसपछि गृह मन्त्रालयले मोरङ जिल्ला प्रशासन र प्रहरीलाई दोषीलाई कानुनी दायरामा ल्याएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको छ।
