इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो।
घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो, तर घाइते अवस्थामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
