राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलामा आज बिहान भूकम्प गएको जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको केन्द्र सिटौला रहेको र स्थानीय समयअनुसार बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रशासनले स्थिति नियन्त्रित रहेको जनाएको छ र जनता पनि सतर्क रहन आग्रह गरिएको छ।
