1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
राष्ट्र बैंकमा बैंकहरूले राखेको रकम फेरि ९ खर्ब नाघ्यो

राष्ट्र बैंकमा बैंकहरूले राखेको रकम फेरि ९ खर्ब नाघ्यो

काठमाडौं — वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंक मा राखेको रकम दोस्रो पटक ९ खर्ब रुपैयाँ नाघेको छ। आइतबार बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम ९ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम ९ खर्ब १२ अर्ब रुपैयाँ प...

२ चैत २०८२
1 min read
Share
राष्ट्र बैंकमा बैंकहरूले राखेको रकम फेरि ९ खर्ब नाघ्यो

काठमाडौं — वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंक मा राखेको रकम दोस्रो पटक ९ खर्ब रुपैयाँ नाघेको छ।

आइतबार बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम ९ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम ९ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।

राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्ने काम गर्दै आएको छ। कर्जा लगानीपछि उब्रिएको रकम बैंकहरूले राष्ट्र बैंकमा राख्ने व्यवस्था गरिएको हो।

त्यस्तै, बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा पैसाको प्रवाह बढाउन पनि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गर्दै आएको छ। निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता उपकरणमार्फत राष्ट्र बैंकले बैंकहरूबाट निश्चित अवधिका लागि पैसा तान्ने गर्छ।

पछिल्ला करिब दुई वर्षदेखि बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी छ। तर सोही अनुपातमा कर्जा लगानी बढ्न नसक्दा राष्ट्र बैंकले अतिरिक्त रकम तानिरहेको छ।

कात्तिक महिनादेखि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम लगातार ८ खर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ। यसले बैंकहरूमा निक्षेप बढिरहेको तर कर्जा लगानी अपेक्षाअनुसार हुन नसकेको संकेत गर्छ।

कर्जा लगानी कम हुँदा बैंकहरूले राष्ट्र बैंकमा बढी रकम राख्ने गर्छन् भने कर्जा लगानी बढ्दा यस्तो रकम घट्ने गर्छ। हाल बैंकहरूले राष्ट्र बैंकमा २.६३ प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याजदरमा पैसा राखिरहेका छन्।

हाल बैंकहरूसँग कर्जा लगानीका लागि १२ खर्ब रुपैयाँभन्दा बढी रकम उपलब्ध छ। बैंकिङ प्रणालीमा अहिले ७७ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने बैंकहरूले ५८ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

निक्षेपको तुलनामा बैंकहरूको कर्जा लगानी अनुपात करिब ७४.१० प्रतिशत रहेको छ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:४२ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.