काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम सिफारिस गरेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चार सिटका लागि नाम टुंग्याएर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार खसआर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रूपन्देहीका ताहिर अली, खसआर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ।
राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ४ सिट र प्रत्यक्षतर्फ १ सिट जितेको छ।
सिफारिस गरिएका नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले जनाएको छ।
