धरान — श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको छ।
पार्टीले आज धरानमा बसेको बैठकमा नाम निश्चित गरी निर्वाचन आयोगमा सिफारिस गरेको छ। अध्यक्ष हर्क साम्पाङका अनुसार समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको निर्णय पार्टीको विधान, योग्यता र क्षमताको आधारमा गरिएको हो।
निर्णयअनुसार, आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल, र मधेसीबाट रुवीकुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।
पार्टीले प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट जितेको जानकारी पनि दिएको छ।
