काठमाडौँ — देशका विभिन्न क्षेत्रबाट अवैध लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरू काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट रहेका छन्।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना, चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरको सब्जीमण्डबाट दुई जना, सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट दुई जना, र पर्साको वीरगज महानगरपालिका–१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन्।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट, गोदावरी नगरपालिका–११ गौडीबजारबाट, र कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट एक/एक जना पक्राउ परेका छन्।
पक्राउ परेकालाई प्रहरी नियन्त्रणमा राखिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
