काठमाडौँ — जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
जेनजीका प्रतिनिधि, रक्षा बम, माजिद अन्सारी लगायतका समूहका सदस्यहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिवेदन अहिले सरकारले सार्वजनिक गर्छ कि गर्दैन भन्ने कुरा अझै निश्चित छैन।
प्रदर्शनमा सहभागी प्रतिनिधिहरूले पोस्टर र पम्प्लेटसहित उपस्थित भएर प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
