काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित गरिएको छ।
बैठकको मुख्य एजेण्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार प्रतिनिधिसभा सदस्यहरूको नाम अन्तिम रूपमै चयन गरी आयोगमा पेश गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।
कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने भएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो।
