प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्।
प्रधानमन्त्री कार्की ओलीलाई पितृ आशौचमा समवेदना व्यक्त गर्न उनका निवासमा पुगेकी हुन्। उनी आफ्ना पति, प्रथम पुरुष दुर्गा सुवेदीसहित त्यहाँ पुगेका थिए।
एमाले अध्यक्ष ओलीको बुबा, मोहनप्रसाद ओली, ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
