काठमाडौँ — समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ।
बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरू त्यहाँबाट फर्किएका छन्। हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँगै डिपी अर्याल र डा. स्वर्णिम वाग्ले उपस्थित छन्। अन्य नेताहरूमा शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरू कार्यालयमा रहेका छन्।
रास्वपाका प्रवक्ता झाले पत्रकारहरूसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिएका छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ।
समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण र निर्वाचनका बाँकी प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन हुने भएको छ। प्रवक्ता झाले नयाँ सरकार गठनमा करिब १० दिन जति लाग्न सक्ने अनुमान व्यक्त गरेका छन्।
ट्याग: रास्वपा, समानुपातिक सांसद, सचिवालय बैठक, निर्वाचन आयोग, रवि लामिछाने, नयाँ सरकार गठन, फागुन २१ निर्वाचन, १२५ प्रत्यक्ष सिट, ५७ समानुपातिक सिट
