1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
गोरखामा माइक्रोबस दुर्घटना, सात भारतीय तीर्थयात्रीको मृत्यु

गोरखामा माइक्रोबस दुर्घटना, सात भारतीय तीर्थयात्रीको मृत्यु

गोरखा — गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ। बा.प्र.०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए। जिल्ला प्...

१ चैत २०८२
1 min read
Share
गोरखामा माइक्रोबस दुर्घटना, सात भारतीय तीर्थयात्रीको मृत्यु

गोरखा — गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ। बा.प्र.०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी मृत्यु हुने सातै जना भारतीय नागरिक रहेका छन्। मृत्यु हुनेमा भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षीया मीना र ६० वर्षीय तमिलारसी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मनकामना दर्शन गरेर फर्कँदै गरेका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानअनुसार माइक्रोबसको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उद्धार गरी थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ। घाइते हुनेहरूमा ६२ वर्षीय सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मायाल, ७३ वर्षीया सरोजा, ७५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मीनाक्षी रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

माइक्रोबसका चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी सकुशल रहेका छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षीय सन्तोष गुरुङ घाइते भएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १३:५५ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.