काठमाडौँ — इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ।
रोयटर्सका अनुसार, मिसाइल दूतावासको भवनमा ठोक्किएको र त्यसपछि धुवाँ निस्केको देखिएको थियो। यद्यपि, यसबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।
एपीले रिपोर्ट गरेको छ कि मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको हो।
त्यसैगरी, एएफपीले दूतावासमाथि ड्रोन आक्रमण भएको जानकारी दिएको छ।
बगदादमा हालै इरान समर्थित दुई लडाकु मारिएको खबर आएलगत्तै यो आक्रमण भएको हो।
